चितवनको खुरखुरेमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार तीन जना घाईते

0
71

चितवन, वैशाख २८ – पूर्वी चितवनको राप्ती नगरपालिका-८ खुरखुरेमा ट्रकको ठक्करबाट तीन जना घाईते भएका छन् ।

पश्चिमबाट पूर्व जादै गरेको ना ६ ख १४४१ नम्बरको ट्रकले ना १४ प ९२२४ नम्बरको मोटरसाईकललाई साँझ साढे ७ बजे ठककर दिएको हो । ट्रकको ठक्करबाट घाईते हुुनेमा राप्ती-८ थ्री ग्रुप का मोटरसाईकल चालक सुरज लामा पछाडी सवार कमल लामा, किसन लामा घाईते भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

उनीहरु मोटरसाइकलमा तीन जना सवार थिए ।

मोटरसाईकल चालक सुरज लामा किसन लामाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक सुरज लामा किसन लामाको अवस्था गम्भिर छ । अर्का सामान्य घाईते कमल लामाको स्थानीय मेडिकलमा उपचार गरीएको छ ।

ट्रक चालक फरार छन् ट्रकलाई नियन्त्रणमा लिएको छ ।