रत्ननगर ३ मा विभिन्न पार्टी परित्याग गरि ८० जना माओवादीमा प्रवेश

0
79

सुजन खनाल

चितवन, वैशाख २७– रत्ननगर वडा नं ३ मा एमाले समर्थित युवा अनिस लामाकाे संयोजकमा ८० जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

परवेश गर्नेमा एमालेका संगठित सदस्य सहित कांग्रेस तथा राप्रपाका सदस्य रहेकाे माओवादी केन्द्र चितवनका जिल्ला सदस्य पुरु खनालले जानकारी दिए ।

एमालेकाे गढकाे रुपमा रहेकाे ३ नम्बर वडामा पार्टी प्रवेशले संगठन बिस्तार हुनुका साथै गठबन्धनका उम्मेदवार रहेका कांग्रेस नेता साेहेन्द्र खरेललाइ चुनाब जित्न सहज हुने खनालले बताए ।

वडा नं ३ का वडा अध्यक्ष पदका उम्मेदवार खरेल लगाएत जिल्ला सदस्य खनालले युवाहरुलाई टीका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।