रत्ननगर नगरपालिका वडा नम्बर-१ का वडा सदस्यका उमेदवार चोक बहादुर गुरुङ बलिया दाबेदार

0
82
चितवन, वैशाख २७– स्थानिय निर्वाचनको मिति नजिकिदैं जादाँ कस्ता उमेदवार छन् र कस्को जित्ने सम्भवना वढि छ, त्यस्को लेखा जोखा पनि शुरु हुन थालेको छ। त्यसै मध्येका बलिया दाबेदार रत्ननगर नगरपालिका वडा नम्बर १ का वडा सदस्यका उमेदवार चोक बहादुर गुरुङ हुन्। रत्ननगर नगरपालिका वडा नम्बर-१ का वडा सदस्यका उमेदवार चोक बहादुर गुरुङ बलिया दाबेदार 1
उनको समाजमा सामाजिक कार्यमा कृयाशिलताका कारण धेरै संग परिचित छन्। उनि नेकपा (माओवादी) बाट उमेदवार बनेका हुन्। उनको सानै देखि सामाजिक कार्यमा रुचि रहेको बताउने गुरुङ आफ्नो वडालाई रत्ननगरकै उत्कृष्ट वडा बनाउन लागि पर्ने र जस्को लागि वडाका सबै विचार भएका अग्रजहरु संग परामर्श गरेर अघि बढ्ने उनको भनाई छ।
वडामा रहेका युवाहरुलाई उत्पादन र खेल्कुदसँग जोडदै सभ्य एंव सम्मुनत समाज निर्माण र बिकासमा युवालाइ मेरुदण्डको रुपमा सहभागीतात्मका उपस्थिती गराउने साथै महिला सशक्तिकरणमा जोड दिने प्रतिबद्धता समेत उनले जनाए। समाजको कुनै पनि समस्या, अपतविपतको समयमा सहयोगको लागि अगाडि बढ्दै गुरुङको सक्रिय उपस्थिति देख्न पाउछैं ।
वडाका साथै रत्ननगर लगाएतका साविक नगरहरुका खेलकुद प्रेमिहरुको लागि खेलकुद ग्रामको स्थापनको लागि आफ्नो मुख्य योजना रहेको गुरुङले बताए ।