नगरको विकासमा जनताको सारथि भएर लाग्ने छु :- कृष्ण बहादुर रायमाझी

0
97

सिन्धुपाल्चोक बैशाख २५  । सरकारले यहीँ बैशाख ३० गते स्थानिय निर्वाचनको घोषणा गरे संगै अहिले देशभर बाट उम्मेद्बारी दिने उमेदवारहरु घरदैलो कार्यक्रममा ब्यस्त छन । केहि नयाँ जोस र जागरका साथ उम्मेद्बारीको मैदानमा उत्रिएका छन भने केही पुरानै उम्मेद्वारहरु ले पुन उम्मेद्बारी दिएका छन । आफ्नो स्थानको लागी विकासका योजना जनता समक्ष सुसूचित गराउदै उमेदवारहरु यतिबेला भोट माग्दै हिडिरहेका छन । यस्तै घरदैलो कार्यक्रममा अहिले सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ९ मा नेपाली काङ्ग्रेस को तर्फबाट वडाअध्यक्षको उम्मेद्बारी दिएका कृष्ण बहादुर रायमाझी पनि नगर सुन्दर बनाउने योजना साथ चुनावी मैदानमा छन ।

बाह्रबिसे नगरपालिका वडा ९ राम्चे गाउँमा सक्रिय कांग्रेसी नेताको रुपमा चिनिने नाम हो ५९ वर्षे कृष्णबहादुर रायमाझी । २०४७ सालमा बहुदल घोषणा लगत्तै युवा उमेरमै राजनीतिमा लामो संघर्षरत रहेका रायमाझीले विधार्थीकाल देखि कांग्रेसी योद्धा बने । कांग्रेस जिल्ला कार्य समिति सदस्य रहेका कृष्ण महामानव विपी कोइराला र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतबाट प्रेरणा पाएर राय राजनीतिक सेवामा होमिएका थिए । आफु पदमा नहुँदा पनि विभिन्न बृहत योजनाबाट अनेक काम गर्न सफल रायले पूर्वमन्त्रीको निर्देशन र निर्णयलाई शिरोपर गरिरहे ।

विद्यार्थीकाल देखि नै कृयाशिल भएर सामाजिक काममा लागेका राय नगरमा एक सफल समाजसेवीको रुपमा पनि चिनिएका छन । भुकम्पको समयमा होस् त कोरोनाको समयमा विभिन्न स्थानमा राहत तथा उद्दारमा लागेका उनी राजनीतिमा आएर पनि आफ्नो नगरमा भएका विकासका पुर्वाधारहरु स्वास्थ्य , शिक्षा , खानेपानी , बिद्युत , यातायात , सञ्चार लगायतका अति आधारभूत आवश्यकताको परिपुर्ति गर्ने जोश र जागरका साथ चुनावी मैदानमा उत्रिएका छन । आज सम्म गरेका सामाजिक काम केबल एक समाजसेवी बनेर गर्दै आएको र अब नगरको विकासको लागि राजनीतिक यात्रा मार्फत पनि सक्रिय भएर लाग्ने उनी बताउछन ।

अध्यक्षमा उम्मेद्बारी दिने बिचार म युवा र मेरो इच्छा शक्ति बाट आएको उनी बताउछन् । आज सम्म विभिन्न पार्टीले गाउमा गरेको क्रियाकलाप नियाल्दा अब सहि तरिकाले गाउँमा रहेका समस्याहरुको समाधान गर्न र आफ्नो स्थानको विकासमा युवा शक्तिको खाचो देखियो त्यसैले आफू उम्मेद्बारीमा उभिएको पनि बताउछन् । सामाजिक भाबना , कार्य दक्षता , भावी योजनाको आधारमा भोट हाल्न उनी सम्पुर्ण वडा बासीमा अपिल गर्दछन ।