रत्ननगरमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर बढ्दो

0
55

रत्ननगर, वैशाख २४-  रत्ननगरमा विभिन्न राजनीतिक दल परित्याग गरि माओवादी केन्द्र प्रवेश गर्नेको लहर बढ्दै गएको छ । शनिबार रत्ननगर नगरपालिका वडा नं २ मा विभिन्न राजनीतिक दलका २५ जना कार्यकर्ताले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य अनिल तामाङले रत्ननगर २ मा एक कार्यक्रमको आयोजना गरी नव प्रवेशीहरुलाई टिका लगायर माओवादी केन्द्रमा प्रवेश गराउनुभएको हो ।यसअघि पनि गत बुधबार विभिन्न राजनीतिक दलका ५० जना कार्यकर्ताले पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए।

नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै जिल्ला समन्वय समिति सदस्य तामाङले पार्टी प्रति आस्था राखेर पार्टीलाई एकताबद्ध बनाउन प्रवेश गर्नु भएकोमा धन्यबाद व्यक्त गर्नुभयो। उहाँले पार्टी प्रवेशलाई निरन्तरता दिने बताउँदै अब यसैगरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

आफु आबद्ध भएको पार्टीको गतिबिधि प्रति चरम असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टीको राजनितिक भुमिका, जनसेवा प्रतिको लगाव र सिद्धान्तमा एकताबद्ध हुन नेकपा माओवादी केन्द्र प्रवेश गरेको पार्टी परित्याग गर्नेहरु बताउछन्।

वडा नं २ का अध्यक्ष भिमवहादुर थापाको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति सदस्य तामाङ  रहनु भएको थियो  । त्यस्तै विशिष्ट अतिथिमा नगर सचिवालय सदस्य श्याम प्रधान रहनु भएको थियो  भने  वडा उपाध्यक्ष अजय लामाको आतिथ्यता रहेको थियो ।

वडा सचिव वलराम दाहालले संचालन गर्नु भएको उक्त कार्यक्रममा नगर सचिवालय सदस्य प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।