रत्ननगर-१५ मा माओवादी केन्द्रको चुनावि घरदैलो तीब्रता

0
94
रत्ननगर,बैशाख २४- बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रत्ननगरमा माओवादी केन्द्रले चुनावी अभियान अन्तर्गत घरदैलोलाई तीब्रता दिएको छ ।
यसैक्रममा शनिवार वडा नं १५ मा उमेदवारहरुले जनताको घरदैलोमा पुगेर मत मागेका छन् ।
 सो पार्टीबाट वडाध्यक्ष पदका उमेदवार दिलबहादुर बुढाथोकी,महिला सदस्य कल्पना घिमिरे,खुल्ला सदस्य अजय स्याङतान,रामप्रसाद ढकाल र दलीत महिला सदस्यमा सुनिता विकले उमेदवारी दिएका छन् ।
उम्मेदवार तथा नेता,कार्यकर्ताहरुले देश विकास गर्ने पार्टी माओवादी मात्र भएको भन्दै मतदान गर्न आग्रह गरेका थिए । घरदैलोमा पुगेका उमेदवारहरुलाई मतदाताले टीका र खादा लगाएर  भव्य स्वागत गरेका थिए ।
चुनावी घरदैलोमा माओवादी केन्द्रकी प्रदेश कोषाध्यक्ष संगिता भट्टराई,निर्वतमान नगर अध्यक्ष ओम लामिछाने,नेता रमेश लामिछाने लगायत सयौंको संख्यामा नेता तथा कार्यकर्ता सहभागी थिए ।
उमेदवारहरु घरदैलो अन्तर्गत सो वडाको दिग्दर्शन टोल,विन्देश्वरी टोल,महाकालेश्वर टोल,हरियाली टोल,सित्तल टोल,शान्ति टोल र सुरक्षीत टोल पुगेका थिए ।