गाउँको विकास गर्न युवा शक्तिको खाचो देखियो त्यसैले मैले उम्मेद्बारी दिए :- सुन्दर लामा

0
114

सिन्धुपाल्चोक बैशाख २४  । स्थानिय निर्वाचन नजिकिए संगै देशभर उम्मेद्बारी दिनेहरुको घरदैलो कार्यक्रम तीब्र रुपमा अगाडि बढिरहेको छ । त्यस्तै घरदैलो कार्यक्रममा अहिले सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ९ मा ने.क.पा एमालेको तर्फबाट वडाअध्यक्षको उम्मेद्बारी दिएका सुन्दर लामा पनि नगर सुन्दर बनाउने योजना जनतामा सुसूचित गराउदै भोट माग्ने दौडानमा छन ।

अहिले उमेरले सुन्दर लामा २९ बर्षको भए । उनी पेशाले पर्यटन सम्बन्धि मार्गनिर्देशक (Trekking guide ) हुन । पर्यटन कर्ममा आधारित रहेर जिवन संचालन गर्दै आईरहेका उनि सामाजिक काममा पनि निकै सकृय छ्न । भुकम्पको समयमा होस त बाढिपहिरो तथा कोरोनाको समयमा उनी पीडितको मा राहत र उद्दारमा पुग्थे । बिद्यालयमा रहेका विद्यार्थीहरुलाई पनि छात्रवृत्ति प्रदान गर्दै आइरहेका उनिले विद्युतिय पहुँचबाट पछि परेका बिभिन्न स्थानहरुमा बैकल्पिक उर्जा ( सोलार ) समेत प्रदान तथा जडान गरेका छन ।

सामाजिक कामले मात्र देश विकास गर्न नसकिने र एउटा कुनै राजनितिक दलमा आवद्ध भएर जनता संग सहकार्य गर्दै देश विकासमा होमिनको लागि उम्मेद्बारी दिएको उनी बताउँछन् । राजनीतिक दलमा आवद्ध हुँदैमा राजनितीमा मात्र लाग्ने आफ्नो स्थानमा रहेका समस्यालाई समाधान तर्फ उन्मुख नहुने परम्परा बढिरहेको समयमा उनी यो परम्परालाई जरैदेखि उखाल्नको लागि आफ्नो नगरमा रहेका जनताहरु संग रहेका समस्या उनिहरुले भोग्नुपरेको पीडा , नगरमा विकासका पुर्वाधारको अवस्था लगायतको विषयको अध्ययन संगै यस्ता समस्याको उजागर गर्ने उदेश्यका साथ बाह्र्बिसे नगरपालिका सुन्दर बनाउन सुन्दर सपना बुन्दै सुन्दर लामा चुनावको मैदानमा उत्रिएका छन ।

राजनिति भनेको राज्य संचालन गर्ने आधार हो । असल राजनीतिज्ञ बन्नको लागि खुलेर राजनितिमा लागेको ब्यक्ति असल हुनुपर्दछ जो सङ्ग नम्र , शिष्ट , अनुशासित , मर्यादित, विकास प्रेमि, जनप्रेमि र निस्वार्थ सेवाको भावना इत्यादि गुण हुनुपर्दछ । एक स्वतन्त्र नागरिक भएर पनि सेवा गर्न सकिन्छ तर स्वतन्त्र भएर गर्दा गाउ देश बदल्न गाह्रो छ किनकि स्वतन्त्र भएर गरेको काम सामाजिक काम बन्न जान्छ त्यसैले देश बदल्नको लागि राजनिती आवश्यक रहेको उनी बताउछन । पार्टिमा नै समाबेश भएर राजनिति गर्न जरुरि छ किनकि पार्टिमा निति सिद्धान्त बिचारहरु हुन्छन । त्यसैले पार्टिबाट राजनिति गर्नु जरुरि देखिन्छ । एमालेमा राजनितिक संस्कार संगै राष्ट्रीयता पनि झल्किएको दाबी गर्दै उनी एमाले मा कृयाशिल भएर लागिपरेको बताउछन् ।

अध्यक्षमा उम्मेद्बारी दिने बिचार म युवा र मेरो इच्छा शक्ति बाट आएको उनी बताउछन् । आज सम्म विभिन्न पार्टीले गाउमा गरेको क्रियाकलाप नियाल्दा अब सहि तरिकाले गाउँको विकास गर्न युवा शक्तिको खाचो देखियो त्यसैले आफू उम्मेद्बारीमा उभिएको पनि बताउछन् । मलाइ जनताले भोट मेरो सामाजिक भाबना , कार्य दक्षता , भावी योजनाको आधारमा भोट हाल्न उनी सम्पुर्ण वडा बासीमा अपिल गर्दछन ।