रत्ननगर-१५ मा माओवादी केन्द्र र एकीकृत समाजवादि संयुक्त रुपमा घरदैलो अभियानमा

0
79

रत्ननगर,बैशाख २३- स्थानिय निर्वाचन नजिकिए सङ्गै दलहरुका कार्यकर्ताले घरदैलो अभियानलाई तिव्रता दिएका छन। रत्ननगर नगरपालिका वडा नम्वर १५ मा आज नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा वडाका बिभिन्न टोलमा गई घरदैलो गरेका छन ।

कार्यक्रममा नेकपा माओवादि केन्द्र बागमती प्रदेशकी कोषाध्यक्ष संगिता भट्टराई,नेकपा माओवादी तर्फका वडाध्यक्षका उमेदवार दिल बहादुर बुढाथोकी,महिला सदस्य कल्पना घिमिरे,अजय स्याङ्तान लगायतको सहभागी रहेको थियो।

त्यस्तै,समाजवादी तर्फका वडाध्यक्षका उमेदवार मदन भुजेल,खुल्ला सदस्य बिष्णु लम्साल लगायतको सहभागी भएका थिए। झण्डै ५०० भन्दा बढी कार्यकर्ताको सहभागी रहेको उक्त कार्यक्रम साविक पिठुवा-९ मा गएर कोणसभा सहित समापन गरिएको छ।