रत्ननगर- १ मा जनता समाजवादी पार्टीको घरदैलो

0
56

चितवन, वैशाख २३ – स्थानिय तहको चुनाव नजिकिँदै गर्दा जनता समाजवादी पार्टीे रत्ननगरले घरदैलो तिब्र पारेको छ । रत्ननगर वडा नम्वर १ मा जनता समाजवादले शुक्रवार घरदैलो गरेको छ ।

विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ वडा अध्यक्षका उम्मेदवार भोट माग्न पुगेका थिए ।

घरदैलोमा वडा नं. १ का वडा अध्यक्षका उम्मेदवार शम्भू चौधरी सहित जनता समाजवादी पार्टीेका केन्द्रीय परिसद सदस्य जनादर्न दुवाडी, जिल्ला सचिव, अजय निराला, कोषाध्यक्ष मनोज पोख्रेल लगाएत कार्यक्रताहरुले मतदाताका घरदैलोमा पुगी मत मागेका थिए ।