मतपत्र छपाई सकियो, वैशाख २३ सम्म सबै जिल्लामा पुग्ने

0
74

काठमाडौँ, वैशाख २२। निर्र्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छापिइसकेको जनाएको छ ।

बिहीबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गरी मतपत्र छाप्ने काम सकिएको र २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र पुर्याइसक्ने जानकारी गराएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने बताए ।

स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको शर्माले बताए ।

मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ ।