आवाजविहिनहरुको आवाजको प्रतिनिधित्व गर्न मैले उम्मेद्बारी दिएको हुँ : सुन्दर लामा

0
113

 सिन्धुपाल्चोक , वैशाख २२ । सरकारले वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरे संगै अहिले देशभर चुनावी मैदानमा होमिएका उमेदवारहरु भोट माग्दै गाउँघरमा दौडधुप गरिरहेका छन । आफ्नो ठाउँमा रहेका समस्याको समाधान तर्फ ध्यान केन्द्रित हुने प्रतिबद्धताका साथ चुनावमा उत्रिएका उम्मेद्वारहरु जनताको बिश्वासिलो पात्र बन्न त्यति सहज पक्कैआवाजविहिनहरुको आवाजको प्रतिनिधित्व गर्न मैले उम्मेद्बारी दिएको हुँ : सुन्दर लामा 1 छैन ।

तरपनी केही उम्मेदवार भने कम्मर कसेर निर्वाचनको दौडानमा लागिरहेका छन । यसैको एउटा उदाहरणको रुपमा सुन्दर लामालाई लिन सकिन्छ । सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं बसोबास गर्दै आईरहेका उनि पेशाले पर्यटन सम्बन्धि मार्गनिर्देशक (Trekking guide ) हुन । लामो समय देखि पर्यटन क्षेत्रमा लागेका उनीले आफ्नो स्थान वरपर रहेका प्राकृतिक , धार्मिक , साँस्कृतिक लगायत विभिन्न सम्पदाहरुको संरक्षण तथा प्रबर्द्धन गर्दै आइरहेका छन भने सामाजिक काममा पनि उनी उत्तिनै कृयाशिल भएर लागिरहेका छन ।

 

आवाजविहिनहरुको आवाजको प्रतिनिधित्व गर्न मैले उम्मेद्बारी दिएको हुँ : सुन्दर लामा 2

भुकम्पको समयमा होस त बाढिपहिरो तथा कोरोनाको समयमा उनी पीडितको मा राहत र उद्दारमा पुग्थे । बिद्यालयमा रहेका विद्यार्थीहरुलाई पनि छात्रवृत्ति प्रदान गर्दै आइरहेका उनिले विद्युतिय पहुँचबाट पछि परेका बिभिन्न स्थानहरुमा बैकल्पिक उर्जा ( सोलार ) समेत प्रदान तथा जडान गरेका छन । यसरी समाजसेवामा आफ्नो जीवन सुम्पिदै आईरहेका उनी अहिले यहीँ वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा समेत सामेल भएका छन । बाह्र्बिसे नगरपालिका वडा नं ९ मा नेकपा एमालेको तर्फबाट उनले वडा अध्यक्षको उम्मेदवारी दिएका छन ।

बाह्र्बिसे नगरपालिका वडा नं ९ मा नेकपा एमालेको तर्फबाट उनले वडा अध्यक्षको उम्मेदवारी दिएका छन । राजनिति भनेको राज्य संचालन गर्ने आधार हो । असल राजनीतिज्ञ बन्नको लागि खुलेर राजनितिमा लागेको ब्यक्ति असल हुनुपर्दछ जो सङ्ग नम्र , शिष्ट , अनुशासित , मर्यादित, बिकाश प्रेमि, जनप्रेमि र निस्वार्थ सेवाको भावना इत्यादि गुण हुनुपर्दछ । एक स्वतन्त्र नागरिक भएर पनि सेवा गर्न सकिन्छ तर स्वतन्त्र भएर गर्दा गाउ देश बदल्न गाह्रो छ किनकि स्वतन्त्र भएर गरेको काम सामाजिक काम बन्न जान्छ त्यसैले देश बदल्नको लागि राजनिती आवश्यक रहेको उनी बताउछन ।

बाह्रबिसे नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदमा ईच्छा जाहेर गरेको थिए र पार्टिले मैले हाल सम्म गरेको सामाजिक कार्य , मेरो क्षमता , आफ्नो ठाउँ प्रतिको विकासको योजना र पार्टिमा दिएको सकृयताको मुल्याङ्कन गरेर वडा अध्यक्षको उम्मेद्वार दिएको लामा बताउँन । मैले यदि जितेको खण्डमा आवाजविहिन , निम्न बर्ग , दिनदुखि , आवाज बन्दै वडाको समानुपातिक ढङ्गले विकास गर्ने , वडामा रोजगार उपलब्ध गराउने , शिक्षा , स्वास्थ्य , खानेपानी , लगायत विकासका पुर्वाधारको ब्यबस्थापन गर्ने , न्यायीक सुशासन समृद्दि र भ्रस्टाचार रहित समाजको परिकल्पना उनले बुनेका छन ।