नेप्सेमा ३७ अंकको पहिरो

0
78

काठमाडौँ,वैशाख २२। साताको अन्तिम दिन शेयर बजारमा पहिरो गएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७.०६ अंकले घट्दै २२३८.६३ को बिन्दुमा पुगेको छ ।

आजको दिनमा कारोबार रकममा भने केही सुधार आए पनि अधिकांश कम्पनीहरुले गुमाएका छन् ।

विभिन्न कम्पनीका ४६ लाख बढी कित्ता शेयर किनबेच हुँदा एक अबर ६५ करोडको कारोबार भएको छ ।