गठबन्धन केपी ओलीविरुद्ध होः रामचन्द्र पौडेल

0
54

काठमाडौँ, वैशाख २२। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) र केपी शर्मा ओलीविरुद्ध सत्तारुढ गठबन्धन बनाइएको बताएका छन् ।

चितवनमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले आफ्ना पार्टीका वा गठबन्धनका एजेण्डा भन्दा बढी समय केपी ओलीको कुरा गर्दै गठबन्धन ओलीविरुद्ध भएको बताए ।

उनले गठबन्धन नभएको भए प्रदेशमा आफ्ना नेताहरुले मुख्यमन्त्री वा मन्त्री बन्ने अवसर पाउने थिएनन् भन्दै उनले कार्यकर्ताहरुलाई गठबन्धनको निर्देशन मान्न पनि आग्रह गरे ।