रत्ननगरका एमाले उमेदवारहरुले दिए घरदैलोलाई तिव्रता

0
59

रत्ननगर,बैशाख २२- चितवनको रत्ननगरमा एमालका उमेदवारहरुले जनताको घरदैलोमा पुगेर भोट मागेका छन। विहीबार बजार क्षेत्र क्षेत्र अन्तर्गत वडा नं २,३,१५ र १६ मा घरदैलो गरी उमेदवारहरुले भोट मागेका हुन ।

मेयर पदकी उमेदवार विमला दुवाडी,उपमेयर पदका उमेदवार यादवप्रसाद पाठक सहित वडाध्यक्ष तथा वडासदस्य पदका उमेदवारहरुले घरदैलो गरेका हुन । वडा नं २ मा वडाध्यक्ष पदका उमेदवार कृष्णप्रसाद डोटेल,वडा नं ३ मा वडाध्यक्ष पदका उमेदवार गुप्तनाथ भट्टराई,वडा नं १५ का वडाध्यक्षका उमेदवार आशिक तामाङ र वडा नं १६ का वडाध्यक्षका उमेदवार हेमराज थापाले मेयर र उपमेयर पदका उमेदवार सहित घरदैलो गरी वडाबासीसंग भोट मागेका हुन ।

रत्ननगरका उमेदवारहरुसंग एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पनि घरदैलोमा सहभागी छन् ।

केन्द्र सरकार मार्फत आफुले गर्ने विकास र नगर स्तरमा मेयर लगायतका जनप्रतिनिधिले गर्ने कामका विषयमा विश्वस्त दिलाउदै भोट मागिएको नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए।

उपाध्यक्ष पाण्डेले विहीबार नै वडा नं २ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।