रत्ननगरमा गठबन्धनका उमेदवारहरु द्वारा घरदैलो तिव्र

0
174

रत्ननगर ,बैशाख २२- चितवनको रत्ननगरमा गठबन्धनका दलहरुका उमेदवारहरुले घरदैलोलाई तीब्रता दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी मत माग्न उमेदवारहरुले घरदैलोलाई तीब्रता दिएका हुन ।

नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उमेदवार प्रल्हाद सापकोटा,समाजबादीको तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरे,वडा नं ९ मा वडाध्यक्ष पदकी उमेदवार सरस्वती लामा सहित वडा सदस्य पदका उमेदवारहरुले विहीबार वडा नं ९ मा घरदैलो गरी वडाबासीहरुसंग मत मागेका हुन ।

घरदैलो पछि आयोजित कार्यक्रममा मेयर पदका उमेदवार सापकोटाले कयर खोलामा तटबन्धन गरी नदी किनारमा बसोवास गर्ने समुदायको सुरक्षा र सुकुमबासीलाई लालपूर्जा वितरण र बस्ती व्यवस्थापकको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । उपमेयर पदका उमेदवार घिमिरेले एमालेका जनप्रतिनिधिले पाँच बर्षमा गर्न नसकेको काम गर्ने दृढसंकल्पका साथ चुनाबी मैदानमा होमिएको बताए ।

वडाध्यक्ष पदकी उमेदवार लामाले कृषि र पर्यटनको माध्यमबाट आयआर्जन र रोजगारी सृजना गर्ने प्रतिबद्धता जनाइन । घरदैलोमा गठबन्धनका दलहरुका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।