समाजवादी रत्ननगरको वडा कमिटीनै एमालेमा समाहित

0
81

रत्ननगर,वैशाख २२- नेकपा एकिकृत समाजवादी रत्ननगर वडा नम्बर ३ को वडा कमिटीनै एमालेमा समाहित भएको छ । वडा कमिटी अध्यक्ष अशोक भुषालको नेतृत्वमा वडा कमिटीनै एमालेमा समाहित भएको हो । समाजवादी रत्ननगरको वडा कमिटीनै एमालेमा समाहित 1भुषाल सहित वडा कमिटीका सदस्यहरुलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा स्वागत गरेका हुन् । समाजवादी रत्ननगरको वडा कमिटीनै एमालेमा समाहित 2नेकपा एमालेमै फर्किनेमा सुबास भुषाल,दिपेश श्रेष्ठ,संजय चौधरी, नवराज अधिकारी,लक्ष्मण रानाभाट,इश्वर लामा,लाल बहादुर तामाङ सहित कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।