भरतपुरमा सत्ता गठबन्धनले गर्ने चुनावी सभा स्थल तयार

0
69

चितवन, वैशाख २२-  सत्ता गठबन्धन दलले गर्ने भनिएको चुनावी सभा स्थल भरतपुर स्थिति केन्द्रिय बस टर्मिनलमा जमेको पानि हटाउने काम सकिएको छ ।

रातभरको भीषण वर्षाले कार्यक्रमस्थल भरतपुरको केन्द्रीय बस टर्मिनल कार्यक्रमका लागि तयार पारेको मञ्च पनि डुबानमा परेको थियो ।

पानी फाल्नका लागि पाँचवटा जेनेरेटेरको प्रयोग गरी भ्याकुमबाट पानि हटाउन काम गरिएको थियो ।कार्यक्रम स्थलको पानि हटाउने काम सकिएको हुदा चुनावी सभा भनिएको समयमा नै सुरु हुने नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए।सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता बुधबार साँझ नै भरतपुर आइसकेका छन् ।

सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीलाई उठाएको छ ।