रत्ननगरमा माओवादीले गठबन्धन नमान्ने

0
93

चितवन,बैशाख २१- रत्ननगर नगरपालिका वडा नं ९ मा माओवादी केन्द्रले गठबन्धनको निर्णय नमान्ने भएको छ ।

बुधवार सो पार्टीको वडा कमिटीले एक विज्ञप्ती जारी गरी गठबन्धनको निर्णय नमान्ने र वडामा मित्रबत प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाएको छ ।रत्ननगरमा माओवादीले गठबन्धन नमान्ने 1

वडा नं ९ मा वडाध्यक्ष सहित वडासदस्यहरुले उमेदवारी दिएर घरदैलो गरिरहेको र पार्टीको जितको आधार तयार भइसकेकोले एकल चुनाब लड्ने निर्णय भएको विज्ञप्तीमा भनिएको छ ।

वडा कमिटी अध्यक्ष नन्दलाल रेग्मी र वडा सचिव विष्णु पोखरेलले जारी गरेको विज्ञप्तीमा पार्टीको अस्थित्व मेटिने गरी गठबन्धनले अन्य पार्टीले नेतृत्व गर्ने गरी पठाएको निर्देशन अस्विकार गर्ने निर्णय भएको जनाएको छ ।