रत्ननगर वडा नं १ मा राप्रपाको घरदैलो तिव्र

0
97

रत्ननगर, बैशाख २१ – रत्ननगर नगरपालिका वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरुले जनतासंग भोट माग्न घरदैलो गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन ।

वडाध्यक्ष पदका उमेदवार रामचन्द्र चौधरी,खुल्ला सदस्यका उमेदवारहरु सागर उपाध्याय, जालसिंह चौधरी,महिला सदस्यकी उमेदवार सृजना केसी कुँवर र दलीत महिला सदस्यकी उमेदवार श्रीमाया सुनार सहितका नेता तथा कार्यकर्ताहरुले सो वडामा घरदैलो गरेका हुन ।

राप्रपाले रत्ननगरको मेयरमा हरिशरण भट्टराई र उप मेयरमा बिमला थापा चौधरी लाई उम्मेदवार बनाएको छ ।