एकै दिन ३१ अंकले घट्दै नेप्से २२ सयको लाइनमा

0
141

काठमाडौँ, वैशाख २१। शेयर बजारमा निरन्तर ओरालो लाग्ने क्रम जारी छ । यसै क्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक वुुधबार ३१ अंकले घटेको छ ।

आजको दिनमा ३१.७६ ले घटेर नेप्से २२७५.६९ बिन्दुमा पुगेको छ । त्यस्तै, वुधबार करोबार रकम पनि सवा अरबमै सिमित भएको छ ।

विभिन्न कम्पनीका ३६ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्र्ब २६ करोडको कारोबार भएको छ ।

त्यस्तै, आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।