रत्ननगरमा गुडिरहेको कारमा आगलागी

0
86

चितवन, वैशाख २१–  रत्ननगर नगरपालिका–१३ जयमंगलामा गुडिरहेको एउटा निजी कारमा शुक्रवार आगलागी भएको छ । स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो ।

बकुलहरबाट तरकारी किनेर जयमंगलातर्फ जाँदै गर्दा कारमा एक्कासी आगलागी भएको भण्डारीले जानकारी दिए । कार भण्डारी आफैले चलाएका थिए ।

आगलानीबाट कार पूर्णरुपमा क्षति पुुगेको छ ।