बाह्र्बिसे नगर सुन्दर बनाउन सुन्दर लामाले बुनेका सुन्दर सपनाहरु

0
159

सिन्धुपाल्चोक , वैशाख २१ | सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ९ मा जन्मिएका सुन्दर लामा अहिले उमेरले सुन्दर लामा २९ बर्षको भए । उनी पेशाले पर्यटन सम्बन्धि मार्गनिर्देशक (Trekking guide ) हुन । पर्यटन कर्ममा आधारित रहेर जिवन संचालन गर्दै आईरहेका उनि सामाजिक काममा पनि निकै सकृय छ्न ।

शिक्षा , स्वास्थ्य , खानेपानी , मठमन्दिर , गुम्बा , लगायत गाउँ ठाउको विभिन्न स्थानमा सोलार बत्ती राख्ने काम पनि उनले गरिसकेका छन । विभिन्न समस्यामा परेका ब्यक्तिहरुको सहयोगी पात्र को रुपमा चिनिएका सुन्दर तामाङ समुदायमा जन्मिएता पनि उनी पहिलै देखि आफ्नो गाउँको सेवामा निरन्तर होमिएका छन । गाउँमा रहेका सामुदायिक बिद्यालयहरु मा रहेका गरिब बिपन्न विद्यार्थीहरुलाई उनले छात्रवृत्ति समेत उपलब्ध गराउदै आईरहेको छन ।

आफ्नो क्षेत्रमा रहेका धार्मिक , साँस्कृतिक , प्राकृतिक सम्पदाहरुको जगेर्ना गर्नको लागि र आफ्नो ठाउँको सुन्दरता विभिन्न स्थान बाट आउने पर्यटकहरुको लागि आखाको नानी बन्न सकोस् भन्दै अगाडि बढिरहेका सुन्दर लामाले यहीँ बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा नेकपा एमाले को तर्फबाट बाह्र्बिसे नगरपालिका वडा नं ९ मा वडाअध्यक्ष को उम्मेद्बारी दिएका छन ।

सामाजिक कामले मात्र देश विकास गर्न नसकिने र एउटा कुनै राजनितिक दलमा आवद्ध भएर जनता संग सहकार्य गर्दै देश विकासमा होमिनको लागि उम्मेद्बारी दिएको उनी बताउँछन् । राजनीतिक दलमा आवद्ध हुँदैमा राजनितीमा मात्र लाग्ने आफ्नो स्थानमा रहेका समस्यालाई समाधान तर्फ उन्मुख नहुने परम्परा बढिरहेको समयमा उनी यो परम्परालाई जरैदेखि उखाल्नको लागि आफ्नो नगरमा रहेका जनताहरु संग रहेका समस्या उनिहरुले भोग्नुपरेको पीडा , नगरमा विकासका पुर्वाधारको अवस्था लगायतको विषयको अध्ययन संगै यस्ता समस्याको उजागर गर्ने उदेश्यका साथ बाह्र्बिसे नगरपालिका सुन्दर बनाउन सुन्दर सपना बुन्दै सुन्दर लामा चुनावको मैदानमा उत्रिएका छन ।

उनी भन्छन् म एउटा परिक्षामा उत्रिएको विद्यार्थी हुँअध्ययन बिना परिक्षामा सफल हुन सकिदैन । मैले समग्र पक्षको अध्ययन गरेको छु । म एउटा गरिब परिवारमा जन्मिएको हुनाले मैले गरिबीले भोग्नु परेको पीडा बुजेको छु । समाजसेवाले मात्र हाम्रो हरेक समस्या समाधान हुन सक्दैनन् । त्यसैले हामी एउटा समुदायको विकासमा समुह मिल्न जरुरत छ ।