रत्ननगरमा होन्डा मोटरसाईकलको नयाँ शो-रुम संचालनमा

0
69

चितवन, वैशाख २०– विगत ५० बर्ष देखि सेवा दिदै आएको होन्डा मोटरसाईकलको सोरुम रत्ननगरमा उद्धघाटन भएको छ । पूर्वी चितवनमा यस्को मुख्य डिलर आवश्यकता परेको हुनाले रत्ननगर १० को हरिहर मन्दिर अगाडी एस एच अटोमोटी प्रा।लि सोरुम उद्धघाटन गरिएको सोरुमका म्यानेजर अनुप पौडेलले बताए ।

पूर्वी चितवनका सर्वसारधाणलाई ध्यानमा राखी अबका दिनमा रत्ननगरमै सर्वसुलभ मुल्यमा सेवा दिइने उद्धेश्यले सोरुम उद्धघाटन गरीएको क्षेत्रीय विक्रि प्रवन्धक सेक्रेटरी कम्पनिका सञ्चालक सुरज बगालेले जानकारी दिए ।

ग्राहकका सन्तुष्टिलाई अझ धेरै सन्तुष्टि दिनको लागी रत्ननगरमा यो सोरुम सञ्चालनमा ल्याईको उनले बताए ।