गठबन्धनको मर्म र भावना अनुसार चल्न तयार छौं : प्रलाद सापकोटा

0
98
चितवन, वैशाख २० – नेपाली कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका उमेदवार प्रलाद सापकोटाले रत्ननगरमा एमाले सरकारले गर्न नसकेका काम पुरा गर्ने बताएका छन् ।गठबन्धनको मर्म र भावना अनुसार चल्न तयार छौं : प्रलाद सापकोटा 1
आज रत्ननगरमा पत्रकारसंगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सापकोटाले एमाले सरकारले गर्न नसकेकेको र बाँकी रहेको काम पुरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।गठबन्धनको मर्म र भावना अनुसार चल्न तयार छौं : प्रलाद सापकोटा 2
गठबन्धनको विषयमा पत्रकारले राखेको जिज्ञासमा सापकोटाले गठबन्धन प्रति प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले मेयर र उपमेयरका सवालमा गठबन्धन सही दिशा तर्फ चलिरहेको भन्दै वडागत रुपमा पनि गठबन्धनको मर्म र भावना अनुसार चल्न कांग्रेस तयार रहेको बताए । हामी गठबन्धनप्रति प्रतिबद्ध छौं उनले भने यसलाई सार्थक बनाउने कुरामा दलहरु लागेका छन् । उमेदवार सापकोटाले पाँच बर्षमा एमाले सरकारले गर्न नसकेका काम पुरा गर्ने उद्देश्यका साथ आफुहरु चुनावी मैदानमा होमिएको बताए ।गठबन्धनको मर्म र भावना अनुसार चल्न तयार छौं : प्रलाद सापकोटा 1नगरमा रोजगारी सृजना गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताए । उनले कृषि र पर्यटनको विकास गरी रोजगारी सृजना गर्ने बताए । कृषिलाई आधुनिकीकरण गर्दै सौराहाको पर्यटनको विकासको लागि पूर्वाधार निर्माण र सेवाको गुणस्तर विकासमा ध्यान दिने बताए । कार्यक्रममा स्टेरिङ कमिटीका संयोजक भेषराज दुवाडी,सदस्य उमेश गिरी,आर्थिक समिति संयोजक रामहरी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।