इन्टरनेट बन्द नहुने बनाउन सरकारलाई निर्वाचन आयोगको निर्देशन

0
57

काठमाडौँ, वैशाख १९ । निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द नहुने व्यवस्था बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

इन्टरनेट बन्द भएमा नागरिकको हक र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्ने भएकाले आयोग सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँछ’ आयोगको निर्णयवारे सहायक प्रवक्ता अर्यालले भने, ‘इन्टरनेट सेवा बन्द भएमा निर्वाचन सञ्चालनको काममा समेत गम्भिर असर पर्नसक्ने भएकाले त्यो अवस्था अवस्था नआउने अवस्था निर्माण गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो ।