सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

0
338

काठमाडौं, चैत ६ – नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।