पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा बहुमत सांसदको समर्थन

0
332

इस्लामावाद :फागुन १० –

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमा आवश्यकताभन्दा बढी सांसदको समर्थन रहेको बताइएको छ।

पीएमएल-एन पञ्जाबका अध्यक्ष राणा सनाउल्लाहले विपक्षीहरू संसदमा प्रधानमन्त्री इमरान खानको विश्वासको मतको आग्रहलाई अस्वीकार गर्न आवश्यकभन्दा बढी सांसदहरुको समर्थन रहेको बताए।

सनाउल्लाहको पार्टी पनि सदस्य रहेको विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) ले गत वर्ष नेशनल एसेम्बलीबाट १७८ मत प्राप्त गरी विश्वासको मत जितेका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने योजना बनाएको बताइएको छ।

 

विपक्षीसँग त्यतिबेला प्रधानमन्त्रीलाई हटाउन पर्याप्त संख्या नभएको भए पनि यसपटक अवस्था फरक हुनेमा सनाउल्लाह विश्वस्त छन्।

लाहोरमा मिडियासँग कुरा गर्दै, पीएमएल-एन नेताले भने, ‘आफ्नो (सरकारको) विश्वासको मत खारेज गर्न आवश्यक भन्दा धेरै मानिसहरू – उनीहरूका आफ्नै मानिसहरू -उनीहरूलाई छोड्न तयार छन् र हामीसँग (प्रतिपक्ष) सम्पर्कमा छन्।’

पीएमएल-एन नेताले सरकारमै रहेका दलका सांसदहरु पनि प्रधानमन्त्री खानबाट ‘निराशा’ भएको बताएका छन्। उनले पीएमएल-एन र अन्य विपक्षी दलहरूको नेतृत्वले निर्णय गर्ने र अविश्वासको प्रस्ताव पञ्जाब विधानसभामा ल्याउने कि केन्द्रमा पहिले घोषणा गर्ने भन्‍ने कुरा छलफल भइरहेको बताए।

पीएमएल–एन र पीएमएल–क्यू नेतृत्वबीच भएको छलफलपछि पीएमएल–क्युका मुनिस इलाहीले प्रधानमन्त्रीलाई बैठकको चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताए।

सनाउल्लाहले विपक्षी सरकारका सहयोगीहरूसँग वार्तामा रहेको र हामीलाई त्यहाँ पूर्ण भरोसा रहेको बताए।

एजेन्सी