चितवन, माघ १५ – जिल्ला प्रशासन कार्यालय चितवनको सेवा भोलि (आइतबार) देखि नियमित रुपमा सञ्चालन हुने भएको छ । कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि एक हप्ताको लागि बन्द गरिएको सेवा भोलिदेखि पुर्ण रुपमा सञ्चालन हुन लागेको हो ।
कार्यालयले माघ ६ गते सूचना जारी गर्दै १४ गतेसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको थियो ।