गोरखा,माघ १५- प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी निर्विरोध चयन भएका छन् ।
शनिबार गोरखाको सदरमुकाममा भएको शाखाको चौथौ जिल्ला अधिवेशनले दानीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
त्यस्तै, समितिको उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रवि किरण रेग्मी, सहसचिव(खुल्ला)मा सुजन बस्नेत, सहसचिव(समावेशी) मा अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताललाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा उर्मिला गुरुङ,सुशील भारती अश्विन थापा, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् ।२१ वर्षमै जिल्लाको अध्यक्ष चयन भएका दानी देशभरकै कान्छो जिल्ला अध्यक्ष बनेको प्रेस चौतारी नेपालले जनाएको छ ।