माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

0
350

काठमाडौं, माघ १४- माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीले सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले यस्तो निर्णय गरेको हो ।

विद्यालयहरूलाइ भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने निर्णय सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको थियो । सो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।

यस्तै, कलेज, ट्युसन सेन्टरलगायतमा पनि यहीँ निर्णय लागू हुनेगरि सीसीएमसीले सिफारिस गरेको छ ।