जडीबुटीको ट्रयाक्टरसहित दुई जना पक्राउ

0
158

खलङ्गा,माघ १४- सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पातारासी गाउँपालिका–७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्र्याक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रहरी नायब उपरीक्षक चन्दका आुसार सङ्कलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ । चालकसहित दुवै ट्र्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएकोे छ ।