काठमाडौँ,माघ १३- पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो।
मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । त्यस्तै, पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: