राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा वुधबार सार्वजनिक गरिने

0
171

काठमाडौं, माघ १०- राष्ट्रिय जनगणना –२०७८ को प्रारम्भिक नतिजा वुधबार सार्वजनिक गरिने भएको छ ।

योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले प्रारम्भिक नतिजा वुधबार सार्वजनिक गर्ने जनाएको हो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

विभागले वुधबार पत्रकार सम्मेलनमार्फत प्रारम्भिक नतिजा सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।