चितवनमा आज एकैदिन ४०८ जनामा कोरोना संक्रमण पुष्टी,एकको मृत्‍यु

0
191

चितवन, माघ ८- चितवनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४०८ जना संक्रमित भएका छन् । सोही अवधिमा एक संक्रमितको मृत्‍यु भएको छ ।

चितवनमा आज ५५६ जनाको पीसीआर र १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या २७ सय ३६ पुगेको छ । जसमा महिला १४ हजार ३३ र पुरुष १५ हजार ९९० जना रहेका छन् ।

संक्रमित मध्ये ४७ जना जिल्लाका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् । दुई हजार ६८९ जना होम आइसोलेसनमा छन् । त्यस मध्ये धेरै संक्रमित भरतपुर महानगरपालिका भित्र रहेका छन् ।

तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकाका २१ हजार ७१४ जना, माडी नगरपालिकाका १३ सय ६५ जना, राप्तीका ११ सय ६४ जना, रत्ननगरका २८ सय ४९ जना, खैरहनीका १६ सय ५ जना, कालिकाका एक हजार २१ जना र इच्छाकामनाका ३१९ जना संक्रमित भएका छन् ।

जिल्लामा कुल ३० हजार ३७ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज कोरोनाका कारण कसैको ज्यान गएको छैन । हालसम्म भने चितवका ४३७ जनाको कोरोना कारण ज्यान गएको छ ।