काठमाडौँ,माघ ६- स्थानीय निकायको निर्वाचनबारे सत्ता गठबन्धनमा विवाद उत्पन्न भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ अन्य पार्टीबीच मत विभाजन भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गराउने प्रस्ताव गरेका छन् । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा संघीय निर्वाचन हुनुपर्ने अडान राखेका छन् ।
प्रचण्डको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन जनाए पनि प्रधानमन्त्री देउवाले आफ्ना अडान कायम नै राखेका छन् ।
सत्ता गठबन्धनले यही विषयलाई टुंगो लगाउन सकेको छैन । जसका लागि निर्वाचन आयोगबाट आयुक्तसँग छलफल गर्नुपर्ने विषय पनि उठेका छन् ।
प्रकाशित मिति: