काठमाडौँ उपत्यकामा एकैदिन थपिए ७ हजार कोरोना संक्रमित

0
192

काठमाडौँ, माघ ६- काठमाडौँ उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा ५००१, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा गत २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २१ हजार ७ पीसीआर र एन्टिजेन विधिबाट ६ हजार ४९० एन्टिजेन परीक्षण गरिएकोमा १२ हजार ३३८ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ९५ हजार ८८८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १८ हजार ८०९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३२ जना पुगेको मन्त्रालयले जनाएको छ ।