वागमती प्रदेश सुरक्षा समितिको दुई दिने गोष्ठी आज देखी सुरु

0
119

चितवन,पुस १६- वागमती प्रदेश सुरक्षा समितिको दुई दिने गोष्ठी आज(शुक्रबार)देखी पर्यटकीय नगरी सौराहामा सुरु भएको छ । वागमती प्रदेशमा विपद व्यवस्थापन्, शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारीको लागि आयोजित दुई दिने गोष्ठी सुरु भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय वागमती प्रदेशको आयोजना सुरु गोष्ठीमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरु र चितवन, मकवानपुर, धादिङ, सिन्धुली गरि ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागीता रहेको कानुन मन्त्रालयका शाखा अधिकृत ज्ञानदीप राईले जानकारी दिए ।

गोष्ठी एक भव्य समारोहका विच वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल र गृह मन्त्रालयको शान्ति सुरक्षा तथा समन्वय महाशाखा प्रमुख मुकुन्दप्रसाद निरौलाले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । भने मन्त्रालयका सचिव रुद्रसिहं तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री खनालले वागमती प्रदेशको सुरक्षा मजबुत बनाउन कुनै पनि कसुर बाकीँ नराखी काम गर्न निर्देशन दिए ।

गोष्ठीमा आएका सुरक्षा सुझावका आधारमा प्रदेशले छिटै नयाँ सुरक्षा रणनीति चाल्ने वागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृट छठौँ विष्णुहरि निरौलाले जानकारी गराए ।

यस्तै गृह मन्त्रालय शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख निरौलाले आगामी निर्वाचनलाई लक्षित गरि विशेष सुरक्षा रणनीतिका साथ अगाडी बढ्न निर्देशन दिए ।

सो अवसरमा ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले जिल्लाको वर्तमान सुरक्षा अवस्था बारेमा जानकारी गराएका थिए ।