सिद्धार्थलाल चुकेलाई डिष्ट्रिक गर्भनरमा निर्विरोध गराउन आवहन

0
113

चितवन, पुस १५- लायन्स ईन्टरनेशनलको प्रस्ताविक नयाँ डिष्ट्रिकको ३२५ आर लायन बर्ष २०२२/२३ का लागी पिएम जे एफ सिद्धार्थलाल चुकेलाई डिष्ट्रिक गर्भनरका रुपमा निर्विरोध निर्वाचित गराउन लायन्स क्लब अफ नारायणगढ संगमचोकले आवहन गरेको छ ।

क्लब अध्यक्ष शरदमणि भट्टराईले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै क्लबका पुर्व अध्यक्ष लायन चुकेलाई निर्वाचित गराउन आग्रह गर्नुभएको हो ।

विभिन्न ब्यावसायिक तथा सामाजिक संघ सस्थामा चुकेले कुशल नेतृत्व प्रदान गरीसक्नुभएको छ । सन् २००३ मा लायन्स क्लब अफ नारायणगढ संगमचोकका सस्थापक प्रथम उपाध्यक्ष हुदै लायनबादमा प्रवेश गनुभएको हो ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिकको ३२५ बी २ एरिया नं ३ को लायन बर्ष २००८/२००९ मा चिफ एरिया कोअडिनेटरको कार्यगर्नुभएका चुके त्यसपछि डिष्ट्रिकका बिभिन्न पदमा रहेर काम गरीसक्नुभएको छ । चुके हाल लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिकको ३२५ बी २ को एक्जुभेटिभ चिफका रुपमा क्रियासिल हुनुहन्छ ।

मृदृभाषि र सरल स्वाभावका चुके राम्रो सामाजिक सम्बन्ध कायम राख्न सक्ने लायनका रुपमा सुपरिचित हुनुहुन्छ ।
लायनको मर्म बुझ्न सक्ने र सेवाका कार्यमा सधै अग्रसर हुने भएकाले आगामी लायन बर्ष २०२२/२३ मा गर्भनर पदका वहाँे नै योग्य भएको लायन्स क्लब अफ नारायणगढ संगमचोकका पुर्व अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रचार भन्दा टाढा बस्न रुचाउने र सेवाका कार्यमा सधै अग्रसर हुने चुकेबाट नेपाली लायनबादले अर्को सफलता चुम्ने अध्यक्ष भट्टराईले तर्क छ ।

लायन बर्ष २०२२/२३ मा नेपालमा १५ वटा डिष्ट्रिक हुनेछन् । हालको डिष्ट्रिकको ३२५ बी २ चार बटा डिष्ट्रिकमा रि–डिष्ट्रिकीङ्ग हुदैन । काठमाडौका केहि क्लब र चितवन–नवलपुर क्षेत्रलाई समेटदै लायन बर्ष २०२२/२३ मा नयाँ डिष्ट्रिकको ३२५ आर निमार्ण हुनेछ ।