अनेरास्ववियु सहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा राजेन्द्र सापकोटा चयन

0
109

चितवन ,पुष ९- नेकपा एमाले निकटको अनेरास्ववियु सहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको सम्मेलनबाट अध्यक्षमा राजेन्द्र सापकोटा चयन भएका छन् । क्याम्पसमा शुक्रबार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा अनिस खनाल, सचिपमा ऋषि मिश्र, सहसचिवमा सिमान्त थपलिया, चिरञ्जीवी डुङ्गाना,सबिना अधिकारी र कोषाध्यक्षमा नितिन बस्नेत चयन गरेको छ।

ने.क.पा.एमालेको केन्द्रिय सदस्य तथा शिक्षा विभाग उप-प्रमुख जे.एन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ने.क.पा. एमाले रत्ननगर कमिटी अध्यक्ष तथा एमाले जिल्ला सदस्य ईश्वरी प्रसाद अर्याल,अनेरास्ववियु केन्द्रिय स्थाही कमिटि सदस्य प्रकाश भट्ट,अनेरास्ववियु जिल्ला नेता अमित गुप्ता,युवा संघ चितवनका सह-संयोजक आशिक तामाङ,पुर्ब अध्यक्ष तथा कलेज इन्चार्ज सन्तोष ढुङ्गाना,निर्बतमान अध्यक्ष सरोज तिमल्सिना,जिल्ला रापस सदस्य किरण लामिछाने लगायतको उपस्थित रहेको थियो ।