नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश कोषाध्यक्षमा चितवनकी युवा नेता संगिता भट्टराई निर्वाचित

0
140

चितवन,पुष ६ – नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको कोषाध्यक्षमा चितवनकी युवा नेता संगिता भट्टराई निर्वाचित भएकी छिन।

उनले आफ्ना दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै अत्याधिक मतका साथ विजयी भएकी हुन ।

कुल २ सय ६१ भोट मध्य उनले १५३ मत ल्याएकी थिईन। त्यस्तै,अर्की ईन्दिरा अधिकारीले ५८ र विदुर खड्काले २४ मत पाएका थिए ।

भट्टराई जनयुद्धदेखि शसक्त रूपमा माअाेवादी आन्दोलनमा लागेकी सहिद परिवार समेत हुन ।

सामाजिक कार्यमा समेत सक्रिय भट्टराई चितवनकी अगुवा महिला अधिकारकर्मीकाे रूपमा स्थापित छन् ।

सामाजिक सेवा र दिन दुखिको सेवामा अहोरात्र लागिरहेकी सरल सहयाेगी र निडर स्वभावकी भट्टराई लाेकप्रियसगैं अब्बल हुदा हुँदै पार्टी उनलाई सधैं विभिन्न अवसरमा पछि पारिदै अाए पनि उनी माअाेवादी अान्दोलन सफल बनाउन निरन्तर तल्लिन छन।