पुष ४ गते देखी मनकामना केबलकार चार दिन बन्द हुने

0
105

काठमाडौँ, पुस ३ – मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । पुष ४ गतेबाट ७ गतेसम्म बन्द रहने केबलकार कम्पनीले जनाएको छ ।

गेयर बक्स र टावरको मर्मत गर्नुपर्ने भएकाले चार दिनका लागि बन्द गर्नुपर्ने भएको हो ।

केबलकारको स्तरोन्नतिका लागि अष्‍ट्रियाका प्राविधिकले अनुगमन गर्नेछन् । केबलकार बन्द रहे पनि स्टेशन वरिपरि रहेको रेष्‍टुरेण्ट सञ्चालन रहने पनि कम्पनीले जानकारी दिएको छ । आगामी बिहीबार ( ८) बाट पुनः केबलकार सञ्चालन हुने भएको छ ।रासस