लायन्स कल्ब अफ रत्ननगर सबृद्धिद्वारा झुवानी मा.विलाई प्रीन्टर सहयोग

0
111

रत्ननगर,पुस २ – रत्ननगर ५ स्थित झुवानी माविलाई प्रिन्टर सहयोग गरिएको छ । लायन्स कल्ब अफ रत्ननगर सबृद्धिले विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउन सो सामाग्री सहयोग गरेको हो ।

सामाजिक कार्यमा अग्रणी भूमिका निभाउदै आएको क्लवले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आधुनिक उपकरण सहयोग गरेको क्लवकी अध्यक्ष दिक्षा अधिकारीले बताइन। लायन्स क्लवका डिष्टिक एडभाइजर दीपेन्द्र खतिवडा प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडाध्यक्ष कृष्ण महतो विशिष्ट अतिथि रहेका थिए ।

क्लवकी अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुल व्यवस्थापन समितिका सदस्यहरू,लायन्सका डिस्ट्रिक पदाधिकारीहरु,कल्बका सदस्यहरु र स्कुलका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।