कांग्रेसको १४औँ महाधिवेशन: महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

0
266

काठमाडौँ,पुस १- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनीहरु निर्वाचित भएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले ३०२३ र शर्माले १९८४ मत प्राप्त गरेका हुन । त्यसैगरी महामन्त्री पदका लागि थापा र शर्मासँगै रहेका डा प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले  १३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याए भने शर्माले दोस्रो स्थानमा जीत हासिल गरेका छन्।