फिस्लिङमा ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्रै छिर्‍यो,माईक्रोबसमा सवार ६ जना घाईते

0
113

चितवन,मंसिर २३- फिस्लिङमा मालबाहक ट्रकले माइक्रोबसलाई ठक्कर दिदाँ माईक्रोबसमा सवार ६ जना घाइते भएका छन।

काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ ख ८६३० माइक्रोबसलाई सोही दिशाबाट आइरहेको ना ६ ख ५५०३ नम्बरको कन्टेनरले आज विहान चितवनको इच्छाकामना ३ फिस्लिङमा ठक्कर दिदाँ माइक्रोमा सवार ६ जना घाइते भएका हुन् ।फिस्लिङमा ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्रै छिर्‍यो,माईक्रोबसमा सवार ६ जना घाईते 1घाइते मध्ये चार जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यात्रु बोकेर सडकमा कुदिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिएपछि माइक्रो राजमार्ग नजिकैको घरभित्र छिरेको छ ।फिस्लिङमा ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्रै छिर्‍यो,माईक्रोबसमा सवार ६ जना घाईते 2पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएको माईक्रोबस सडक छोडेर घरतिर हुत्तिएको हो।

पृथ्वीराजमार्ग अन्तर्गतको चितवन खण्ड अन्तर्गत इच्छाकामाना गाउँपालिका–३ फिस्लिङ बजारमा आज( बिहीबार) बिहान ९ बजेतिर उक्त दुर्घटना भएको हो।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको माइक्रोबसका यात्रुमध्ये चारजना सामान्य घाइते भएका छन् । बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसलाई एकै साइडमा रहेको ना ६ ख ५५०३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।फिस्लिङमा ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्रै छिर्‍यो,माईक्रोबसमा सवार ६ जना घाईते 3घटनाका प्रत्यक्षदर्शी इच्छाकामाना एफएमका स्टेशन म्यानेजर दानबहादुर गुरुङका अनुसार ठक्करपछि असन्तुलित भएको बस सडक छाडेर आडैको मित्र गुरुङको घरमा गएर ठोक्किएको थियो ।

बिहानको समयमा फिस्लिङ बजारमा तरकारी खरिद बिक्री गर्नेको ठूलो जमघट हुने गर्छ ।फिस्लिङमा ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्रै छिर्‍यो,माईक्रोबसमा सवार ६ जना घाईते 4माइक्रोबसका घाइते यात्रुहरूलाई स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो ।

घाइतेहरुको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताए ।