प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत चयन

0
298

काठमाडौँ,मंसिर २०-  प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत चयन भएका छन।

चितवनमा आइतबार सम्पन्‍न चौँथो राष्ट्रिय महाधिवेशनबाट सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा जुगल सर्वसम्मत चयन भएका हुन् । जुगलको नेतृत्वमा १ सय ९१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

बाँकी ८ जना सदस्य अध्यक्ष जुगलले मनोनित गर्नेछन् । महाधिवेशनस्थलबाट १९१ सदस्यीय समिति घोषणा भएको छ भने बाँकी ८ जना केन्द्रीय समितिको पहिलो बैठकबाट मनोनयन गर्नेछ ।

प्रेस सेन्टरको विधान अनुसार अध्यक्ष, १४ उपाध्यक्ष, महासचिव, ५ उपमहासचिव, १५ सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ ।