पिक्निक खाएर फर्किदै गरेको बस चितवनको गोन्द्राङ्गमा दुर्घटना, ५ जना घाईते

0
141

चितवन – चितवनमा पिक्निक खाएर फर्किदै गरेको बस दुर्घटनामा परेको छ । हेटौंडा बाट पिक्निक खाएर तनहुँ फर्कदै गरेको ग १ ख ८५४८ नम्बरको बस अनियन्त्रीत भई पल्टिदा ५ जना घाईते भएका हुन् ।

हेटौडाको सहिद स्मारक बाट पिक्निक खाएर पुन तनहुँको थुर्पुम फर्कन लागेको थुर्पु युवा क्लबको पिक्निक बस राती ९:३० बजे  भरतपुर १२  गोद्रङ्गमा दुर्घटना परेको हो ।

दुर्घटनामा ३७ वर्षका बुद्धि प्रसाद श्रेष्ट, २९ वर्षका सुवास भुजेल, ३७ वर्षका सुजन थापा मध्यम घाईते छन् । भने २८ वर्षका सुजन नेपाली र ४५ वर्षका ईश्वर नेपाल सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाईते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुदैँछ । बसमा ३० जना सवार थिए ।