चितवन स्थित चनौली मालपोतमा अख्तियारको छापा,मालपोत अधिकृत मुकुन्द पौडेल मोटो रकम सहित नियन्त्रणमा

0
192

चितवन,मंसिर १५ –  भरतपुर-२० चनौलीमा रहेको मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ।टोलीले चनौलीका कार्यालय प्रमुख, मालपोत अधिकृत मुकुन्द पौडेललाई मोटो रकम सहित नियन्त्रणमा लिएको छ ।

आज (बुधबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा बाट आएको टोलीले पौडेललाई १८ लाख १४ हजार पाँच सय सहित नियन्त्रणमा लिएको हो ।थप विवरण आउन बाँकी छ।