नेपाली कांग्रेस रत्ननगरको नवनिर्वाचित नगर समितिकाे बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

0
459

रत्ननगर,असोज ११- नेपाली कांग्रेस रत्ननगरको नवनिर्वाचित नगर समितिकाे बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।नेपाली कांग्रेस रत्ननगरको नवनिर्वाचित नगर समितिकाे बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न 1आज(सोमबार)रत्ननगर स्थित होटल स्टार मा एक कार्यक्रमकाे आयाेजना गरि नगर सभापति रुपनराज घिमिरेले नगर अधिवेशनबाट सभापति पदमा निर्वाचित भएका प्रल्हाद सापकोटा लगाएतकाे टिमलाई पद हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बाेल्दै घिमिरेले अब आफु बलियो कांग्रेस बनाईराख्न सदैव निरन्तर नया कार्यसमितिकाे साथमा भइरहने प्रतिवद्धता ब्यक्त गरे ।नेपाली कांग्रेस रत्ननगरको नवनिर्वाचित नगर समितिकाे बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न 2नव निर्वाचित सभापति सापकोटाले आफुले घिमिरेलाई आफ्नाे प्रतिद्वन्दी नमानि अभिभावक ठानेको बताउदै अबका दिनमा रत्ननगरमा कांग्रेसलाई १ नं. पार्टी बनाइ राख्न लागि पर्ने धारणा ब्यक्त गरे ।

साे कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, कांग्रेस जिल्ला प्रवक्ता निता ढकाल, जिल्ला सदस्य दिवाकर अर्याल लगाएको उपस्थित रहेकाे थियाे ।