परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त

0
186

काठमाडौँ,असोज ०६- प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेता डा.नारायण खड्का नियुक्त गरेका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी रहेको सचिवालयको भनाई छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनले परराष्ट्रमन्त्रीमा खड्कालाई सिफारिस गर्ने निर्णय गरेको थियो । खड्का आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाको ७६ औँ महासभामा प्रतिनिधि पठाउन तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने बाध्यता पनि प्रधानमन्त्रीलाई परेको थियो ।

विसं. २००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खड्काको कोखबाट जन्मेका डा.खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी(पीएचडी) गरेका छन् ।

खड्कालाई काँग्रेसमा विकासवादी नेताका रूपमा लिइन्छ ।