तिमिल्सिनाको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल चितवनको गठन

0
315

चितवन,असोज ०२-  नेकपा एकीकृत समाजबादी निकट पत्रकारको चितवन जिल्ला समिति गठन भएको छ।

आज(शनिवार)चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति घोषणा गरिएको हो ।

यस्तै, समितिको उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । अन्य सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक, दिलकुमारी नेपाल चयन भएका छन् ।

संगठनको प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन रहेका छन। समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा. कृष्ण पन्त लगायतको भेलाले कार्यसमिति गठन गरेका हुन ।

जिल्ला भेलाले गठन गरेको कार्यसमितिलाई सक्रिय बनाइने जनाइएको छ । पत्रकार महासंघ चितवन कार्यसमितिमा समाजबादी प्रेस संगठन नेपाल चितवनका २ जना परेका छन् ।

केन्द्रमा संगठन बिस्तार गरिए पनि जिल्लामा भने संगठन बिस्तार गर्ने चितवन पहिलो रहेको जनाइएको छ। साथै संगठनको लोगो पनि पहिलो पटक आजनै चितवनमा सार्वजनिक गरिएको केन्द्रिय सदस्य एलनले बताए ।